आफ्ना अध्यक्ष झाँक्रीलाई अदालत परिसरबाटै फेरी पक्राउ गरिएपछी क्रन्तिकारी ट्रेड युनियनद्वारा संघर्षको घोषणा

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

महासङ्घले अफ्ना केन्द्रीय अध्यक्ष अमर झाँक्रीलाई सर्वाेच्च अदालते  रिहाई   गरे पनि प्रहरीले उनलार्इ पुनः अदालत परिषरबाटै पक्राउ गरेकाे भन्दै जेठ १९ देखि असार १८ गते सम्म क्रमबद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय उपाध्यक्ष विजयराज प्यासीले बताएका छन् ।

कार्यक्रमहरुमा २०७५ जेठ १९ गते सम्पूर्ण जिल्लाहरुमा विरोध र कोण सभा गर्ने, औद्योगिक क्षेत्रमा कालो व्यानर र कालो झण्डा गाड्ने, अन्तक्र्रिया आयोजना गर्ने र ठूलो कार्यक्रम गर्ने बताइएको छ ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.