विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । तर जननिर्वाचित सरकारले १८ महिना बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रले कोइरालालाई सत्ताच्युत
गरी जेल हालेका थिए भने देशमा पञ्चायती व्यवस्था सुरु गरेका थिए । कोइराला २०१७ सालपछि आठ वर्ष र पछि ०३३ सालमा दुई वर्ष जेल बस्नु भएको थियो । विसं २०२५ मा सुन्दरीजल बन्दीगृहबाट उपचारका लागि रिहा भएपछि भारत निर्वासनमा बसेर क्रियाशील हुनु भएका कोइराला विसं २०३३ मा एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो ।
राजाले खोसेको प्रजातन्त्र पुनःस्थापनामा सक्रिय हुँदाहुँदै २०३९ साल साउन ६ अर्थात् आजकै कोइरालाको निधन भएको थियो । नेपाली राजनीतिका शीर्ष पुरुष कोइराला साहित्यमा पनि त्यतिकै विख्यात हुनुहुन्थ्यो । साहित्यमा विशेश्वरप्रसाद कोइरालाको नाममा परिचित उहाँ
विसं १९९२ मा ‘चन्द्रवदन’ कथामार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उहाँका दोषी चश्मा कथासङ्ग्रह लगायत थुप्रै कृति प्रकाशित छन् । उहाँले कारागारमा रचना गर्नुभएका साहित्यिक कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती
‘सुम्निमा’, ‘बाबु,आमा र छोरा’, ‘मोदी आइन’ र ‘हिटलर र यहुदी’ उपन्यास तथा ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘आत्मवृत्तान्त’ ‘आत्मजीवनी’लगायत छन् । कोइराला प्रजातान्त्रिक समाजवादका व्याख्याताका साथै ‘सोसलिस्ट इन्टरनेशनल’ को उपाध्यक्षका रुपमा समेत सक्रिय हुनुहुन्थ्यो ।
Credit : raranews.com
