आज चौथो पटक मन्त्रिपरिषद विस्तार हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।

पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि हुनेछन्।उनीहरुलाई आजै सपथ गराइने तयारी भएको छ । यद्यपी थपिएका मन्त्रिहरुले कुन–कुन मन्त्रालय पाउने भन्ने जानकारी आइसकेको छैन ।

प्रधानमन्त्री कार्यालयले थपिएका मन्त्रिको सपथका लागि राष्ट्रपति कार्यलयलाई तयारी गर्न पत्राचार गरिसकेको बताइएको छ ।गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.