आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एक अरब बीमा प्रिमियम संकलन गर्न सक्षम

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४।०७५ मा कूल बीमा शुल्क रु.१ अरब ९२ लाख आर्जन गर्न सफल भएकोछ । उच्च व्यवस्थापन तथा कर्मचारीहरुसंग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष २०७४।०७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

२०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा क्ष्न्क्ष् लाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने जानकारी दिनुभयो ।

आजको यस शुखद घडी कम्पनीको संचालक समिति, शेयरधनीहरु सहित कम्पनीमा अहोरात्र खटिएर कार्य गर्ने उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरको मेहनतको साझा परिणाम होे भन्दै खुशीको यस अवसरमा सबैलाई धन्यवाद दिनुभयो ।

साथै सोही अवसरमा कम्पनीलाई माया गरी कम्पनीसंग व्यावसायिक सम्बन्ध राख्ने सम्पूर्ण ग्राहकमहानुभावहरु प्रति हृदय देखि कृतज्ञता सहित धन्यवाद व्यक्त गर्नुहुदै श्री श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहकमहानुभावहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.