स्याङ्गजा जिल्लाको अर्जुनचौपारी गाउंपालिका वडा नः १ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको १९० औं शाखा कार्यालय अर्जुनचौपारी स्थापना गरिएको छ । उक्त शाखाको संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष श्री महेन्द्रमान गुरुङ्गले एक समारोहका बीच समुद्घाटन गर्नुभयो ।
सो समारोहमा प्रमुख अतिथि श्री महेन्द्रमान गुरुङ्गले सरकारको नीति अन्तर्गत सबै स्थानीय निकायमा बैंकको शाखा पुर्याउने उद्धेश्यअनुरुप ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताउनुभयो । उहांले यस क्षेत्रमा १२८ वटा ल्याण्डलाइन टेलिफोन सेवा वितरण गर्ने र मोवाइल सेवालाई थप भरपर्दो बनाउने विचार व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले रावा वैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुंच विस्तार गरिने वताउनुभयो । सो समारोहमा नायब महाप्रवन्धक श्री उद्धबप्रसाद खनालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
बैंकको पोखरा क्षेत्रीय कार्यालयका उपप्रमुख जग जीवनराम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा, अर्जुनचौपारी गाउंपालिका अध्यक्ष श्री दीर्घनारायण अर्याल, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
Credit : onlinepana.com
