अमेरिकामा सलादबाट फैलियो इ. कोली संक्रमण, पाँचजनाको मृत्यु

अमेरिकामा इ. कोली महामारीका कारण पाँचजनाको मृत्यु भएको छ । अमेरिका ३५ राज्यमा १९७ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

विशेषगरी वरपरको वातावरण, खाद्यान्न तथा मानिस र जनावरको इनटेस्टाइन्समा हुने इ. कोलीको संक्रमण अमेरिकाका विभिन्न ठाउँमा फैलिएको हो । त्यहाँ विशेष गरी एक प्रकारको सागमा रहेका इ. कोलीका कारण संक्रमण फैलिएको हो ।

रायो साग जस्तै देखिने रोमेन लेटेकामा रहेको इ. कोली ब्याक्टेरियाका कारण संक्रमण फैलिएको बताइएको छ तर अहिलेसम्म संक्रमणको स्रोत स्पष्ट भएको छैन । यो साग सलादको रुपमा प्रयोग गर्ने गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्र, सिडिसीका अनुसार मे १६ यता थप २५ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण मृत्यु हुनेमा मिनेसोटाका दुई तथा अर्कान्सास, क्यालिफोर्निया र न्युयोर्कका एक एक जना छन् ।

यसअघि सन् २००६ मा अमेरिकामा फैलिएको इ. कोलीको संक्रमणका कारण २०० जना बिरामी परेका थिए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.