इग्ल्याण्डको क्लब ह्याम्पशायर हग्ससँगको अभ्यास क्रिकेटमा नेपालका कप्तान पारस खड्काले १ सय ६१ रन बनाएका छन् ।पहिले ब्याटिङ गरेको नेपालका कप्तान पारसले १ सय ६ बलमा १ सय ६१ रन बनाएका हुन् ।
इंग्ल्यान्डको लर्डसमा हुने त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी शृंखलाका लागि नेपाली राष्ट्रिय टोलीले इंग्ल्यान्डको क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेलिरहेको छ ।
ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो । नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी –ट्वेन्टी खेल्नेछ ।
यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको र जुलाई २६ मा इष्ट लण्डन शार्कसँग ट्वेन्टी –ट्वेन्टी खेल खेल्नेछ । नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबबीच लर्डसमा हुने त्रिकोणात्मक शृखला जुलाई २९ तारिखमा हुनेछ ।
Credit : onlinepana.com
