अब पाइपलाइनबाटै घर–घरमा ग्यास !

 

विराटनगर घर–घरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर– १४ मा रहेको श्रीकृष्ण गौ–सेवा सदनमा ३ सय २० घनमिटर क्षमताको बायोग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो ।

ऊर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गौ–सदनमा बायोग्यास उत्पादनको काम थालेको डेढ वर्षपछि यसको परीक्षण सुरु भएको छ । विश्वबैंको ८४ लाख रुपैयाँ सहयोग र गौ–सदनको २० प्रतिशत लगानीमा बायोग्यास उत्पादन थालिएको हो ।

यस काममा विराटनगर महानगरपालिकाले समेत ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । तत्कालीन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायोग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको समाचार आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.