अब कर्मचारीको तलब स्थानीय तहबाटै

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७५÷७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ । स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

“सरुवा गरिएका कर्मचारीले सम्बन्धित स्थानीय तहमा नजाने भएकाले पारिश्रमिक यो आर्थिक वर्षदेखि कर्मचारी जहाँ सरुवा भएका छन् त्यहीँ नै पठाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “पारिश्रमिक पठाउँदा अनिवार्य कर्मचारी जाने भएकाले कर्मचारीलाई स्थानीय तहमा पठाउन सजिलो होस् भन्नका लागि पनि पारिश्रमिक पठाउन थालेका हौँ ।

यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि पहिल्यैको कार्यालयबाट पारिश्रमिक बुझ्ने भएकाले स्थानीय तहमा नजाने गरेको पाइएको उहाँले बताउनुभयो ।

मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा अपुग भएका कर्मचारीलाई केन्द्रबाट पठाउँदै आएको छ ।
स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहनेछन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.