९० लाख खर्च गरी प्रधान न्यायाधीशका छोराको बिहे…

 

कायममुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ ।

प्रधान न्यायाधीश बन्ने प्रक्रियामा रहेका जोशीविरुद्ध परेको उजुरीमा योलगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ । संवैधानिक परिषदको बैठकबाट प्रधान न्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध साउन ६ गतेसम्म उजुरी दिन संघीय संसद् सचिवालयले आह्वान गरेको थियो ।

सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन विपरीत छोराको बिहेमा कुस्तौं खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पुर्‍याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेस्ता कायम रहेको तनहुँको भिमाद नगरपालिकाको आठ सय रोपनी पर्ति जग्गा गैरकानुनी रुपमा दर्ताका लागि मेलमिलापमा पठाएको जस्ता उजुरीहरू उनीमाथि परेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.