७ करोड बाँड्यो ओली सरकारले…

 

औषधि–उपचार तथा आर्थिक सहायताका नाममा सरकारले दलका पहुँचवाल नेता–कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ ।

प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभावी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछिको ५ महिनामा ७ करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।

२०७४ फागुन ३ मा ओलीले दोस्रो पटक सरकारको नेतृत्व सम्हालेका थिए । अर्थ मन्त्रालयको तथ्यांक अनुसार ओली नेतृत्वको सरकारले फागुनमा १ करोड ४२ लाख १४ हजार ७ सय ४०, चैतमा १ करोड ६६ लाख ९१ हजार ६ सय ६, वैशाखमा १ करोड १९ लाख ५० हजार, जेठमा १ करोड ५ लाख र असारमा १ करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायता शीर्षकमा वितरण गरेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.