हुम्लाको नेप्कामा पहिरो जाँदा ४ जना वेपत्ता भएको आशंका

हुम्ला, ३० भदौ । चंखेली गाउँपालिका ६ को नेक्पामा पहिरो जादाँ ४ जना वेपत्ता भएको आशंका गरिएको छ । आज राती भएको वर्षाका कारण गएको पहिरोमा परी ४ जना बेपत्ता भएको प्रारम्भीक अबर आएको सहायक प्मूख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुशार धेरै घर बगाएको अनुमान गरिएको छ ।

गाउँपालिकाको केन्द्रबाट समेत निकै टाढा भएको र गाउँमा टेलिफोन नलाग्ने भएपछि विस्तृत जानकारी आउन समस्या भएको सहायक प्रमूख जिल्ला अधिकारी पोखरेलले बताए । उनका अनुशार घटनास्थलको तप जानकारीका लागि अहिले सदरमुकाम सिमकोटबाट हेलिकप्टर पठाउने तयारी भैरहेको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.