सुरक्षा र न्यायको अभाव

कञ्चनपुरकि १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएको झण्डै दुई महिना पगिसकेको छ । प्रहरीले वास्तविक अपराधिलाई पक्राउ नगरेपछि उत्पन्न भएको विवादले उग्र रुप लिदैँ गएको छ । देशभर निर्मलाको हत्यारालाई कार्वाही गर्न आवाज उठिरहेको छ । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री देखि देशका शिर्ष व्यक्तित्वहरुले पन्तको हत्यारालाई कार्वाही गर्ने बताएपनि अनुसन्धानमा व्यापक कमजोरि देखिदैँ आएको छ ।

पन्तको बलात्कारपछि हत्याको जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसी, एसपी डिल्लीराज विष्टसहित चार प्रहरी निलम्बनमा परेका छन् । रक्षक नै भक्षक भएपछि नागरिकले न्यायको लागि कुन निकायको ढाका ढक्ढकाउने ?

बाल दिवसका अवसरमा बालबालिकाको सुरक्षाकालागि लड्नुपर्छ भन्ने नेता तथा मन्त्रीहरुले निर्मलाको हत्यारालाई पक्राउ गर्न दबाब दिन किन नसकेको ? घट्नाको अनुसन्धान गर्न खटिएका सदस्यले उक्त अनुसन्धानको लागि खटिटरहदा धम्की आएको भन्दै राजिनामा दिएका थिए ।

यसरी अनुसन्धान टोलीलाई नै अप्ठ्यारो पार्न सक्ने शक्तिशालि अपराधिलाई गृहमन्त्रालयले पक्राउ गर्न नसक्नुले समाजमा अराजकता निम्ताउँछ । तसर्थ, महिलालाई सुरक्षा दिन पनि नसक्ने सरकारले मृत्यु भएपछि पनि न्याय दिन नसक्नु कमजोरीको हद हो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.