सुदूरपश्चिमका विकासमन्त्री सोडारी बर्खास्त

सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन् । सत्तारुढ नेकपाको निर्देशन नमानेको, पदीय मर्यादाविपरीत हर्कत गरेको लगायतका आरोपमा उनी मंगलबार बर्खास्त भएका हुन् ।
सोडारीलाई बर्खास्त गर्न नेकपाका सुदुरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले सिफारिस गरेका थिए । सोही सिफारिस बमोजिम सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई पदबाट हटाएको बताइएको छ ।

यसबारे जानकारी दिन प्रदेश सरकारले पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ । यसअघि प्रदेश ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्री केशब स्थापितलाई मुख्यमन्त्री डोरमणि पौड्यालले कार्तिक १६ गते बर्खास्त गरेका थिए । मन्त्रीहरुको बर्खास्तीसँगै सत्तारुढ नेकपाभित्र भाँडभैलोको अवस्था फैलँदै गएको केन्द्रीय एक नेताले बताए ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.