सुतिरहेका साहमाथि चार राउण्ड गोली प्रहार

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ भन्सार रोडमा भारत पूर्वी चम्पारण निवासी मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिले चार राउण्ड गोली प्रहार गरिएको छ ।  कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो ।

कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी सत्यनारायण थापाले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिए ।

घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।

यसअघि सुनसरीमा शिक्षक खुर्सिद आलम अन्सारीको अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.