सिन्डिकेटधारी व्यवसायीहरूको बैंक खाता आंशिक फुकुवा

 

यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।

समितिले पेस गरेको खर्च विवरणका आधारमा खाताको रकम निकासा दिइने बताएको छ । सवारी दुर्घटनामा घाइतेको उपचार, मृतकको राहत, कर्मचारीको तलबसहितको सेवा–सुविधा, कार्यालय खर्च तथा पानी–बत्तीको खर्च विवरण समितिले पेस गर्न पाउने भएका हुन् ।

सार्वजनिक यातायातलाई करको दायरामा ल्याउन र सिन्डिकेटको अन्त्य गर्न गत चैत १८ मा सरकारले नयाँ निर्देशका जारी गरेको थियो । निर्देशिककाको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गरे पनि सरकारले त्यसबेला समितिहरुको खाता रोक्का गरेको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.