सिक्टा सिंचाई आयोजना बारे छानविन गर्न अख्तियारले बनायो समिति

बाँके जिल्लामा निर्माणाधिन १२ अर्बको सिक्टा सिंचाई आयोजनाको मुल नहर पटक–पटक भत्किएको र गुणस्तरमाथि नै प्रश्न उठेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारे अनुसन्धान थाल्ने भएको हो ।

सह–सचिवको नेतृत्व रहनेगरी सिक्टा सिंचाई आयोजनाको गुणस्तर अनुसन्धान गर्न शुक्रवार पाँच सदस्यिय अनुसन्धान समिति गठन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

उक्त आयोजना निर्माणमा हालसम्म भएको कामकारवाही र यस अघि आयोगबाट भएको अनुसन्धान कार्यलाई समेत एकिकृत गरेर विस्तृत अनुसन्धान गरिने भएको छ ।

नयाँ अनुसन्धान समितीले स्थलगत अध्ययन गरेर विस्तृत अनुसन्धान थाल्ने अख्तियार प्रवक्ता दंगालले जानकारी दिनु भयो ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.