सामुहिक बलात्कारको शिकार भइन् यी युवती, बलात्कारी रंगेहात पक्राउ परेपछि….

म्याग्दीमा एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् । दिदीको घरमा जाँदै गरेकी १५ वर्षीया नाम परिवर्तन हिराकला सामुहिक बलात्कारको शिकार भएकी हुन् ।

बेनी नगरपालिका–८ नयाँगाउँ घर भई अन्नपूर्ण गाउँपालिका–६ धारास्थित दिदीको घरमा एक्लै जाँदै गरेको अवस्थामा दुर्इ युवाले बलात्कार गरेका हुन्। बलात्कारको आरोपमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ धारा बस्ने १८ वर्षीय अर्जुन रात्ना र नवीन परियार पक्राउ परका छन्।

उनीहरु दुवै जनालाई बलात्कार गदैगर्दै किशोरीका आफन्तले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । किशोरीका आफ्न्तको नियन्त्रणमा रहेका दुवै जनालाई प्रहरी चौकी शिखधाराबाट खटिएको टोलीले पक्राउ गरेको हो । किशोरीको मेडिकल जाँचको लागि पठाइएको प्रहरीले जनाएको छ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.