सर्वोच्चको आदेशमा रिहालगत्तै प्रकाण्ड र भुजेल अदालत परिसरबाटै पुनः गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्डलाई’ सर्वोच्च अदालतको आदेशमा रिहा भए लगत्तै प्रहरीले पाँचौ पटक गिरफ्तार गरेको छ । प्रकाण्डसँगै पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि रिहा लगत्तै सर्वोच्च परिसरबाट गिरफ्तार गरेको छ । भुजेललाई नुवाकोटमा राख्दै आएको थियो ।

गैरकानूनी रुपमा थुनामा राखको भन्दै विरेन्द्र विश्वकर्माले रिहाइको माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रकाण्डलाई आजै अदालतको मुख्य रजिस्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो ।

आदेशमा यसअघिदेखि नै सर्वोच्चको आदेशमा रिहाई हुँदै आएका प्रकाण्डलाई तत्कालै सरकारले पटक-पकट गिरफ्तार गरी थुनामा राख्ने गैरकानूनी कार्य गरेको ठहर गर्दै संविधानले प्रत्याभूत गरेका वैयक्तिक स्वतन्त्रताको हक उपभोग गर्नबाट निवेदक वन्चित हुन गएको भन्दै इजलास संवेदनशील भएको जनाएको छ ।

‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनको लागि यस अदालतबाट एउटै व्यक्तिको गैरकानूनी थुनाको सम्बन्धमा पटकपटक आदेश जारी गर्नु परेको सन्दर्भमा कही यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ?’ भनेर सरकारमाथि सर्वोच्चले गम्भीर प्रश्न उठाइएको छ ।

यसै गरी नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला‘गम्भीर’लाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र अदालतमा लिखित जवाफसहित बन्दीलाई उपस्थित गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

गैरकानूनी रुपमा गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखेको जनाउँदै रिहा गर्न माग गर्दै धमला पुत्र चेतन शर्माद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथिको शुक्रबार भएको बहसपछि न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सरकार, गृहमन्त्रालय, दाङ प्रहरीलगायत विपक्षीहरुको नाममा आदेश भएको हो । बहस एक नम्बर इजलासमा शुक्रबार भएको थियो ।

दोस्रोपटक पनि सर्वोच्चको आदेशमा रिहा भएका नेताद्वयलाई प्रहरीले सर्वोच्च अदालतपरिसरबाटै गिरफ्तार गरी अर्को अभियोगमा दाङ पुर्याएर जिल्ला प्रहरी कार्यालय घोराहीमा बन्दी बनाइराखिएको छ । त्यहाँ उनीहरुमाथि बम विष्फोटको अभियोग लगाइएको छ ।

यसअघि काभ्रे र नुवाकोटमा लगाइएको ‘आगजनी’ र ‘संगठित अपराध’ अभियोग प्रमाणित हुन नसकेको ठहर गर्दै रिहा भदौ १८ र २५ मा रिहा गर्न सर्वोच्चले आदेश दिएको थियो । तर लगत्तै गिरफ्तार गरिएको थियो । गैरकारनूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै रिहाईको माग गर्दै दुवैजनाको तर्फबाट धमलाका छोरा चेतन शर्माले रिट दर्ता गरेका थिए ।

कार्की र धमलासहित नेकपाका पाँच पोलिटब्यूरो सदस्य विभिन्न जिल्लामा सरकारले प्रहरी हिरासतमा थुनामा राख्दै आएको छ । थुनमा राखिएका अन्य सदस्यहरुमा उमा भुजेल ‘शिलु’, पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुन छन् । अन्य पाँच केन्द्रीय सदस्य पनि विभिन्न अभियोगमा प्रहरी हिरासतमै छन् ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारले सार्वजनिक गरेको वार्ता टोली हैसियतविहीन भएको बताउँदै वार्ता गर्न नसकिने बताएका छन् ।

सरकारी वार्ता टोलीको रुपरंग हेर्दा समस्या समाधान नभई बल्झाउने किसिमबाट सरकार अगाडि आएको बताउँदै ‘लफाङ्ग वार्ता टोली’सँग वार्ता गर्नुको कुनै औचित्य र अर्थ नभएको बताए ।

चौथोपटकको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसका उपस्थित गराउन बिहीबार काठमाडौंस्थित सर्वोच्च अदालतमा ल्याइपुर्याइएका प्रकाण्डले पत्रकारसँगको छोटो भेटमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले भने ‘ओली सरकारले गठन गरेको लफाङ्ग वार्ता टोलीमा गठन गरेर देश र जनताको समस्या समाधान होइन कि क्रान्तिकारी शक्ति नेपाल कम्युनिस्ट पार्टी र तिनका नेताकार्यकर्तालाई चेप्ने, पेल्ने र सिध्याउने षडयन्त्र देखिरहेका छौं ।’ उनले पार्टीका दर्जनौं नेता कार्यकर्तालाई झुठा आरोप र जेलमा राखेर वार्ताको आह्वान गनु हास्यास्पद मात्र भएको बताए ।
सरकारमा बस्नेभन्दा बाहिरका मान्छेहरु बटुलेर वार्ता बनाएर नेकपालाई छक्याउन खोजेको धारणा उनको छ ।

साँच्चिकै वार्ता गर्ने सरकारले आन्दोलनमा रहेका पार्टीका नेता कार्यकर्तामाथि दमन, झुठा मुद्दा खारेज तथा खुला राजनीतिक गतिविधि गर्नबाट रोक नलगाएर देखाउन सरकारलाई चुनौति दिए । नेकपा इमान्दारिपूर्वक गरिने वार्ताका लागि सदैव तयार रहेको पनि स्पष्ट पारे ।

नेकपाका नेताहरुलाई भौतिक रुपमै सिध्याएर सरकार अघि बढेपनि राष्ट्रवादी नेपालीले उठाएको क्रान्ति नरोकिने जिकिर गर्दैै नेकपासँग राजनीतिक प्रतिस्पर्धा गर्न नसकेपछि सरकार र गृहप्रशासन दमन र झुठा मुद्दाको साहरामा फस्न पुगेको उनको भनाई थियो ।
साथै प्रकाण्डले आफू सरकारसँग ज्यानको भीख नमाग्ने समेत प्रष्ट पारे । ‘सामाजिक दलाल सरकारसँग क्राान्तिको अगाडि ज्यानको भीख माग्ने कुरा आउँदैन, बलिदान दिन तयार भएरै अलपत्र पारिएका क्रान्तिको झण्डा उठाएका हौं’ प्रवक्ता प्रकाण्डले भने ।

आफूहरुले चुनावअगाडि देखि नै भन्दै आएको नेपालमा नागरिकलाई राजनीतिक अधिकारसहित राज्यव्यवस्थामा सहभागी गराउन र समस्या समाधान गर्न दलाल संसदीय असफल भइसकेको र जनताको राज्यसत्ता वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको कुरा अहिले पुष्टि भएको बताए ।

आफ्नै अदालतको आदेश नमानेर ओली सरकार फासीवादी यात्रामा लागेकोले सरकार जनताबाट कटिसकेको बताए । नेपाली जनताले आफ्नै बलबुतामा उठाएको क्रान्ति (जनयुद्ध)लाई प्रचण्डले धोका दिएकै कारण जनताले राष्ट्रघात, भ्रष्टचार, महंगी, तस्कर, अभाव, हत्या–हिंसा, बलात्कार खेप्नु परेको उनले बताए ।

‘प्रचण्ड बेफकुप भएपछि नै जनयुद्धको सुराकी र घाँटी निमोठ्न तल्लीन केपीहरुले निर्लज्जासाथ आज हाम्रो हातमा हत्कडी लगाइयो। यत्तिकैमा क्रान्ति रोकिनेवाला छैन । बरु यसको मूल्य केपी–प्रचण्डहरुले तिर्न नसकिने हुन्छ’ प्रकाण्डले भने ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.