सर्लाहीमा बस अनियन्त्रित भई पल्टियो : दुईको घटना स्थलमै मृत्यु, २३ घाइते

सर्लाहीमो बस अनियन्त्रित भई पल्टिदा दुईको घटना स्थलमै मृत्यु भएको छ । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–२ मा बस दुर्घटना हुदाँ अन्य २३ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेहरुमा ईश्वरपुर नगरपालिका ९ का २६ वर्षीय नथुनी राय यादव र सोही ठाउँकी १९ वर्षीया अन्जु साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यादव र साहको घटना स्थलमै मृत्यु भएको हो।

मलंगवाबाट ईश्वरपुर जाँदै गरेको ना २ ख ८००३ नम्बरको बस ब्रहम्पुरी २ महादेव पोखरी नजिक अनियन्त्रित भई पल्टिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.