सत्तारुढ दलकै ४ भ्रातृसंस्थाको दबाव : सबै मेडिकल कलेज राष्ट्रियकरण गर (विज्ञप्तिसहित)

 

निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा कानुनी रुपमै गैरनाफामुखी बनाउन सत्तारुढ नेकपाका चार भ्रातृसंस्थाले माग गरेका छन् ।

वार्इसीएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले नौ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका हुन् । स्वास्थ्यलाई राज्यको मौलिक हकका रूपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रस्टमा रूपान्तरण विज्ञप्तिमा गर्न माग गरिएको छ ।

सबै प्रदेशमा सुविधासम्पन्न सरकारी शिक्षण अस्पतालको सञ्चालन, चिकित्सा शिक्षाभित्रको छात्रवृत्तिलाई न्यून आय, गरिब र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शी ढंगले वितरण गर्न पनि चार भ्रातृसंस्थाको विज्ञप्तिमा माग गरिएको छ । स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउन समेत उनीहरूले माग गरेका छन् ।

जनताको करबाट तलब खाने तर जनतालाई सेवा नदिनेलाई तत्काल कारबाही गर्नुपर्ने उनीहरूको माग रहेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.