सत्तारुढ दलकै भातृ संगठनले एसपी बिष्टलाई पक्राउ गर्न २४ घन्टे अल्टिमेटम दिदै सरकारलार्इ दियाे यस्ताे चेतावनी

कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयत र प्रहरीका वरिष्ट अधिकृतहरुको संलग्नतामा दुर्इ वटा उच्च स्तरीय छानविन समितिले समे तकञ्चनपुर हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट सुरु गरेपनि अपराधीविरुद्ध कुनै ठाेस प्रमाण फेला पार्न सकेका छैनन्।

जसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका बाबुआमा न्याय नपाइने हाे की भनेर चिन्तित बनेपछि उनीहरु न्यायकाे लागि काठमाडाैँ नै अाएका छन्। उनीहरु काठमाडौं अाएर न्या नपाएर नफर्किने सरकारलार्इ चेतवानी समेत दिएका छन् ।

साेही क्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले समेत साथ दिएकाे छ। अनेरास्ववियुले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरेकाे छ ।

शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरेकाे हाे। अनेरास्ववियुले शनिबार दिउँसोसम्ममा एसपी डिल्लीराज बिष्टलगायतलाई गिरफ्तार गरी डीएनए परीक्षण गर्न माग समेत गरेकाे हाे।

प्रदर्शनमा अनेरास्ववियुका सचिव सुदेश पराजुलीले एसपी बिष्टलगायत घटनामा संलग्न रहेको आशंका गरिएकाहरुलाई बाहिर राखेर नभई गिरफ्तार नै गरेर डीएनए परीक्षण गर्नुपर्ने बताएका छन।

स्राेतका अनुसार यता सत्तापक्षकै विद्यार्थी संगठन प्रर्दशनमा उत्रिएपछि सरकारलार्इ काम गर्न समस्या पर्ने अवस्था देखिएकाे छ। विद्यार्थी संगठनकाे प्रर्दशनले गृहमन्त्री तनावित बनेका छन्।स्राेतका अनुसार गृहमन्त्रीले सत्तापक्षकै विद्यार्थी संगठनकाे प्रर्दशनकाे लागि विकल्प खाेज्न बालुवाटार नै पुगेका छन्।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.