श्रृखलालाई शनिवार चार बजेसम्म मतदान गर्न सकिने

नेपालीसहित विश्वको ध्यान तानिरहेको मिस वल्र्ड २०१८ को मुख्य प्रतिष्पर्धा आज हुदैछ । मिस वल्र्ड को हुने भनेर आज त्यसको फैसला हुदैछ । जहाँ नेपाल सुन्दरी श्रृखला खतिवडा एक दाबेदार बनेर प्रतिष्पर्धा गर्दैछिन् ।

नेपाली समय अनुसार साँझ पाच बजेबाट चीनको सान्यामा हुने मिस वल्र्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन् । प्रतियोगिता शुरु हुनु अगावै धेरै नेपालीहरुले उनको सहभागितालाई राष्ट्रिय गौरवको रुपमा लिएका छन् । प्रतियोगिताको एउटा उपाधि ‘ब्युटि विथ पर्पोज’ जितेपछि श्रृखलाको चर्चा झन् चुलिएको छ ।

विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस वर्ल्ड’ प्रतियोगिता । ६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको छ । शृङ्खलालाई शनिबार दिउँसो ४ बजेसम्म भोट गर्न सकिनेछ ।

त्यसो त पूरै एसियाकै कुरा गर्ने हो भने पनि अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेकका देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् । ६८ औँ संस्करणसम्म आइपुग्दा अहिलेसम्म सबैभन्दा बढी मिस वर्ल्ड बन्ने देशमा भारत र भेनेजुएला (६–६ पटक) रहेका छन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.