शिक्षामन्त्री पोखरेलले झुठ बोलेपछि कर्मचारीहरू दिक्क

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ नया निर्देशिका जारी गरेर काम भएको दाबी गरेतापनि मुख्य काम हुन सकेको छैन । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

विभिन्न समितिले बुझाएको प्रतिवेदन सबै दराजमा थन्किएका छन् । कर्मचारी सरुवा अस्तब्यस्त बनेको छ । पछिल्लो समय सहसचिव सूर्यप्रसाद गौतमको समितिले तयार गरेको संघीय शिक्षा ऐनको काम अघि बढ्न सकेको छैन ।

मुलुक संघीयतामा गैसकेको र शिक्षाका अधिकांस काम स्थानीय तहबाट भैरहेको अवस्थामा सो ऐन कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा मन्त्रीको ध्यान पुग्न सकेको छैन ।

तयार भएको मस्यौदामाथि छलफल गरी, कानून र अर्थ मन्त्रालयमा छलफल गरी मन्त्रिपरिषदमा पेश गर्ने विषयमा मन्त्री मौन देखिएका छन् ।मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रीको ध्यान ऐन बनाउने तिर नभै विभिन्न कार्यक्रमको उद्घाटन र नया निर्देशिका जारी गर्ने तर्फ देखिएको छ । मन्त्रीले ऐन ल्याउने विषयमा वास्ता नगरेको आरोप कर्मचारीहरुले लगाएका छन ।

पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठित समितिले बुझाएको शिक्षक दरबन्दी मिलान गर्ने विषयमा पनि कुनै काम अघि बढेको छैन । प्रतिवेदन बुझ्यो, थन्क्याइयो , प्रतिवेदनमा उल्लेख भएका विषय कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा मन्त्री ज्यूलाई मतलब नै छैन–कर्मचारीहरुले आरोप लगाएका छन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको टाउको दुखाइको विषय रहेको शिक्षक व्यवस्थापन र दरबन्दीको विषय अन्योल देखिएको छ । मन्त्रीसंग कुरा ग¥यो, काम गर्छु भन्नुहुन्छ, केही कामै भएको देखिदैन–स्रोतले भन्यो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अवस्था त्यस्तै छ । उप महानिर्देकको जिम्मेवारी पाएका चार सहसचिवले काम गर्न पाएका छैनन । काम गर्न नपाएका चार सहसचिवको एउटै गुनासो छ– जिम्मेवारी दिए पो काम गर्ने ?

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.