व्यूरेनीमा बस एकअापसमा ठोक्कीदा ४३ घाइते

रत्न रागमार्गको सुर्खेत नेपालगञ्ज सडक खण्डको ठूलो ब्यूरेनीमा बस दुर्घटनाहुँदा ४३ जना यात्रु घाइते भएका छन । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको र नेपालगञ्जबाट दैलेख जाँदै गरेको बस शनिवार दिउसो दुईबजे एक आपसमा ठोक्कीदा ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक (डिएसपी ) श्यामसिङ चौधरीले बताउनु भयो ।

४३ जना घाइतेहरु मध्य चार ÷पाँच जनाको अवस्था भने गम्भिर रहेको डिएसपी चौधरीको भनाई छ । घाईतेहरुको माया नर्सिङ्ग होम र देउति अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्बरको बस र नेपालगञ्जबाट दैलेख जाँदै ना ४ ख ७०२४ नम्बरको बस वीरेन्द्रनगर ११ ठुलो ब्यूरेनीको मोडमा ठोक्कीदएको (डिएसपी ) चौधरीले बताउनु भयो ।

दुर्घटना स्थल पुग्नु भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याएको र मोडमा स्पीडमा बस भएकाले दुर्घटना भएको हुन सक्छ भन्दै यस बारे अनुसन्धान भै रहेको बताउनु भयो । उक्त घटनाको थप विवरण आउँन बाँकी छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.