विश्व मुटु दिवसकाे अवसरमा सय किलाेमिटर साईक्लिङ

नेपालगन्जको प्रसिद्ध शक्ति पिठ बगेश्वरी मन्दिरबाट सुरु गरिएको साइकल यात्रालाई  नेपालगन्ज साईक्लिङ क्लवका अध्यक्ष केशर आलेले शुभकामना दिदै बिदाइ गरेका थिए ।

साइकल यात्रा बागेश्वरी, कम्दी, फत्तेपुर, बिनौना, बैजापुर,अगैया, समसेरगन्ज, ढकेरी, कोहलपुर हुँदै नेपालगन्ज पुगेर समापन भएको क्लवका सदस्य सतिश निरौलाले जानकारी दिए ।

यात्राका क्रममा ठाँउ-ठाउँमा साइकल यात्रीहरुले स्वस्थ मुटुका सम्बन्धमा स्थानीयहरूलाई जानकारी समेत दिएका थिए । साइकल यात्रा अगैया पुगेपछि राप्तिसोनारि गाँउपालिकाले स्वागत गरेको थियो भने पालिकाको सभाकक्षमा एक कार्यक्रम को समेत आयोजना गरियो।

वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गाँउपालिकाका अधिकृत नोक बहादुर वलिको समेत उपस्थिति रहेकाे थियाे । क्लवका  उपाध्यक्ष लवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ मुटु रहेमात्र मानव

स्वास्थ्य स्वस्थ रहने भन्दै साईक्लिङका माध्यमबाट स्वस्थ रहन सकिनेमा जोड दिइयो। सो कार्यक्रममा क्लबका सचीव गगन थापा र सदस्य सतिश निरौलाले समेत मन्तव्य राखेका थिए ।

१५ जना साइक्लिस्टको सहभागिता रहेको साइकल यात्रामा १०० किमिको यात्रा पूरा गरिएको र सो कार्यक्रमलाई अर्घाखाँची ओपिसी सिमेन्ट र राप्ती सोनारी गाउँपालिकाले सहयोग गरेको क्लबले जनाएको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.