विश्व बैंकले साढे १३ अर्ब ऋण सहयोग गर्ने

विश्व बैंकले नेपाललाई झन्डै साढे १३ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । देशभरिका चार सय ४४ वटा पुल निर्माणका लागि विश्व बैंकले उक्त ऋण सहयोग उपलब्ध गराउन लागेको हो ।

विश्व बैंकको प्रधान कार्यालय वासिंटन डिसीमा बिहीबार भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरूप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ । ऋणस्वरूप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भारमा खर्च गरिनेछ । उक्त परियोजना सडक विभागले सञ्चालन गर्नेछ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.