विप्लव निकट पत्रकारमा भाँडभैलो, एकअर्कामाथि कारबाही

काठमाडौं । करिब ४ वर्षअघि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो मच्चिएको छ ।

पार्टी निर्णयविरुद्ध अराजकता मच्चाएको, सूचना चुहाएको, पार्टी र नेतृत्व विरुद्ध सामाजिक सञ्जालमा भ्रामक समाचार दिएकोलगायतका आरोप लगाउँदै सो पार्टीको मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीले विज्ञप्ति निकालेर क्रान्तिकारी पत्रकार संगठनका पूर्वअध्यक्ष प्रभात चलाउने, सदस्यहरु जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदिप बर्देवालाई कारबाही गरेको घोषणा गरेका थिए ।

त्यसको भोलिपल्टै क्रान्तिकारी पत्रकार संगठनका ३९ जनाले विज्ञप्ति निकालेर संगठनका तीन जना केन्द्रीय सदस्य प्रकाश डुम्रे, हिम बिष्ट र सिर्जना तिम्सिनालाई कारबाही गरेको घोषणा गरेका छन् ।

सो पक्षले जारी गरेको विज्ञप्तिमा संगठनबिरुद्ध अराजक गतिविधि गरेको आरोप, हेटौडामा भएको महाधिवेशनबाट गुट बनाएर हिडेको, नगरकोट सम्मेलनमा भएको बन्द सत्रको गोप्य सुचना रेकर्ड गरी प्रहरीलाई बुझाएको, संगठनको विरुद्धमा पार्टीलाई गलत सूचना दिएको, अनावश्यक रुपमा उत्तेजित पारेको र आन्तरिक काममा बाधा पु¥याएको लगायतका आरोप लगाएका छन् ।

गत बैशाख १५, १६ र १७ गते सम्पन्न सो संगठनको तेस्रो राष्ट्रिय सम्मेलनले ५१ सदस्यीय केन्द्रीय समिति बनाउँदै ४८ जनालाई केन्दीय सदस्यमा निर्वाचित गरेको थियो । त्यसमध्ये ३९ जनाले विज्ञप्ति जारी गर्दै तीन जनालाई निष्कासन गरेका हुन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.