विपी राजमार्गमा सुरक्षा बढाऊ

दशैँको समय विपी राजमार्गमा अरु समयभन्दा बढि सवारीसाधन गुढ्ने गर्दछ । सवारी साधनको चाप वृद्धि हुँदा दृघट्नाको संभावना हुन्छ । विगतको तथ्यांकलाई हेर्ने हो भने पनि चाडपर्वको समयमा विपी राजमार्गमा ठुला दुर्घट्ना भएका छन् । दशैँ आउन अब केहि दिन मात्र बाँकी हुँदा विपी राजमार्गमा पर्ने जिल्ला ट्राफिक कार्यालयहरुले एकआपसमा समन्वय गरेर सडक सुरक्षामा खट्नुपर्ने देखिन्छ ।

विपी राजमार्गले महोत्तरी,धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई छुन्छ । त्यसैले पनि तीनै जिल्लाको सरोकारवाला निकायले राजमार्गको सुरक्षाकालागि छलफल गर्नुपर्ने देखिन्छ । दशैँको समय दुर्घट्नाको जोखिम बढि हुने भएकाले सम्बन्धित निकायले बेलैमा सावधानी अपनाउन जरुरी छ ।

राजमार्गमा गुढ्ने बुलेरो, सुमो, हायस लगायत साना सवारीसाधनले मोटरसाइकललाई बाटो नदिने र मोटरसाइकलले पनि ठुला सवारीसाधनलाई अप्ठ्यारो अवस्था सिर्जना गर्ने घट्ना बढिरहेको सवारीचालकहरुले गुनासो गरेका छन् । तसर्थ, राजमार्गको सुरक्षा अवस्थालाई बलियो बनाउन सरोकारवाला निकायबिच छलफल हुन जरुरी छ ।

राजमार्गमा साना तथा ठुला सवारीसाधनको गति निकैनै उच्च भएकाले दुर्घट्नाको संभावना बढाएको छ । तसर्थ, गति मापन उपकरणको प्रयोगमा वृद्धि गरेर ट्राफिक कार्यालयले दुर्घट्नालाई केहि हदसम्म नियन्त्रण गर्नसक्छ । हाल जिल्लाको सुरक्षा व्यवस्था र ट्राफिक नियन्त्रणमा सुधार देखिदैँ आएको छ । तर, दशैँको समयमा जिम्मेवार निकायको सानो गल्तिले पनि ठुलो दुर्घट्ना निम्ताउन सक्छ । तसर्थ, समग्र सिन्धुली र विपी राजमार्गको सुरक्षा अवस्था चुनौतिको विषय बनिरहदा जिम्मेवार निकायले राजमार्गमा दुर्घट्ना न्युनिकरण गर्न महत्वपुर्ण कदम चाल्न जरुरी छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.