वाम सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

दुई-तिहाइ मत पाएको वाम सरकारले सर्वसाधारण जनताको ढाड सकिने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर एक सय ११ रुपैयाँ बनाएको छ । डिजेल र मट्टीतेलको मूल्यमा क्रमशः २–२ रुपैयाँले बढेको छ ।

उपभोक्ताले यी दुबैका लागि प्रतिलिटर ९५ रुपैयाँ खर्च गर्नुपर्नेछ । खाना पकाउने ग्यासमा भने निगमले मूल्य बढाएको छैन् ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ बढाएको निगमले अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ ।

नयाँ मूल्यसूची सोमबार राति १२ बजेबाट लागू हुनेछ। भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा भएपनि डिजेल र मट्टीतेलतमा भने ७० पैसा घाटा छ ।

मूल्य बढाउँदा पनि नेपालमा हाल पेट्रोल भारतको सीमा क्षेत्रभन्दा पेट्रोल २३ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ सस्तो पर्न आउँछ ।

निगमले मूल्य समायोजनपछि पनि प्रतिमहिनामा १४ करोड ४२ लाख घाटा रहेको जनाएको छ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.