लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद, के छ डाक्टरहरूको प्रतिक्रिया ?

 

चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ को सजाय हुने भएको छ । चिकित्सकले लापरबाही गरी बिरामीको मृत्यु भए वा अंगभंग भए यसअघि चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।

अब भने उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय भोग्नु पर्नेछ । यो व्यवस्था भदौ १ बाट लागू हुनेछ । उपचारमा हुने लापरबाहीका घटनामाथि गम्भीर बन्दै सरकारले मुलुकी संहिता ऐनमार्फत यस्तो व्यवस्था लागू गरेको हो ।

सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष माग गरेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.