राज्यमन्त्रीलाई राजीनामा गराएर वामदेवलाई ‘जिताउने’ तयारी !

 

नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । गौतमलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ, जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसदमा तपाईंको आवश्यकता परेको छ’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन दिइसकेका छन् ।

अध्यक्षद्वयले आश्वासन दिएको नेता गौतमले पनि बताए । ‘दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्‍यो, ल्याउँछौं भन्नुभएको छ, थप कुरा अहिल्यै नभनौं’– गौतमले भने ।

स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ तर कहिले भन्ने टुंगो भने लागेको छैन । बुढाको राजीनामा स्वीकृत भएपछि उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई आग्रह गर्ने स्रोतले जनाएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.