राजपापछि जनजाति महासंघले असाेज ३ गतेलार्इ टार्गेट गरी गर्‍याे सनसनीपूर्ण निर्णय के हो त्यो ?

नेपाल आदिवासी जनाजाती महासंघले हालकाे संविधानमा आदिवासी जनाजाती समुदायलार्इ उपेक्षित गरिएकाेले असन्तुष्टि जनाएकाे छ। महासंघले हालकाे संविधानप्रति आफ्नो असन्तुष्टि कायमै रहेको भन्दै असोज ३ गते संविधान दिवस नमनाउने घाेषणा गरेकाे छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले शुक्रबार एक विज्ञप्ति जारी राख्दै असोज ३ लाई आदिवासी जनजातिलगायत सम्पूर्ण उपेक्षित, उत्पीडित जाति समुदायमाथि धोकाधडी, षड्यन्त्र, जालसाजी र पुनः विभेद भएको दिनको रुपमा लिएको उल्लेख गरेका छन्।

आदिवासी जनजातिमाथि संविधानबाट पुनः विभेद भएको दिनको रुपमा कार्यक्रमहरू गर्न महासंघसम्बद्ध सम्पूर्ण आदिवासी जनजातीय सदस्य संगठनहरू, प्रदेश, जिल्ला र स्थानीय (महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा) समन्वय परिषद्हरू, विदेश शाखाहरू, सम्बन्धन संगठनहरूलगायत आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील सम्पूर्ण संघ–संस्थाहरूलाई विशेष आग्रह सहितको जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि केही दिनअघि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको दिन असोज ३ गते मधेसमा ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको थियाे।

संविधान जारी भएको दिनको सम्झनामा सरकारले असोज ३ गते संविधान दिवस बनाउने निर्णय गरेको थियाे । तर, राजपा नेपालले सो दिन कालो दिनको रुपमा मनाउने निर्णय गर्दै विरोध प्रदर्शन र विरोध सभा गर्ने समेत निर्णय सार्वजनिक गरकाे छ। असोज ३ गते साँझ सात वजेदेखि ७:१७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने निर्णय भएको पार्टीका संयोजक महन्थ ठाकुरले जानकारी दिए ।

स्राेतका अनुसार राजपापछि जनजाति महासंघले पनि असाेज ३ गतेलार्इ टार्गेट गरी संविधान नमान्ने निर्णयले प्रधानमन्त्री केपी अाेली र प्रचण्ड तनावित बनेका छन्।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.