रसुवामा पहिरोमा पुरिएका ५ जना अझै वेपत्ता चार जनाको सनाखत

रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमापहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेका चार जनाको शव निकालिएको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, २७ वर्षका विक्रम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ र

सोही गाउँपालिकाको वडा नम्बर ४ का वर्ष ३७ का रेशम खड्का रहेका छन् । मृत्यु हुनेमा सबै कन्टेनरका चालक रहेको प्रहरीले जानकारी दिएको छ ।

गएराति करिब पौने १ बजे पहिरो गएको थियो । पहिरोमा परि अन्य ५ जना अझै वेपत्ता रहेका घटनास्थलमा रहेका जिल्ल प्रहरी कार्यलयका डीएसपी सन्तोष तामाङले बताए । पहिरोमा परेका १२ जनाको उद्धार गरि सकिएको छ ।

चीनसँगको उत्तरी नाका रसुवागढी नजिकको टिमुरे बजारमा पहिरो गएको हो । डिएसपी तामाङका अनुसरा झण्डै ५ सय मिटरमाथिबाट पहिरो आएको थियो । अहिले नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.