रसुवाको टिमुरेमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु,, १० जना बेपत्ता

गएरातिको भिषण वर्षापछि रसुवाको टिमुरेमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको  छ l अझै १० जना बेपत्ता छन् ।१२ घाइतेलाई उपचारको लागि टिमुरे स्वास्थ्य चौकीमा ल्याइएको छ । पहिरोले टिमुरेमा रहेको अस्थायी प्रहरी पोष्ट बगाएको छ ।

उद्दारका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलसहितको टोली घट्नास्थलमा पुगेको छ । पानी अझै परिरहेकाले उद्दारमा समस्या आएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउँन बाँकी रहेको पौडेलले बताए ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.