यौन शोषण गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

पर्वत–पर्वतको एक विद्यालयका प्रधानाध्यापकलाई आफैंले पढाउने वालिका विद्यार्थीहरुलाई अप्राकृतिक मैथुन  गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा  दायर गरेको छ ।

फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक खिलप्रसाद  पौड्याललाई  तिन जना वालिका विद्यार्थीलाई अप्राकृतिक मैथुन  गरेको  अभियोगमा पक्राउ गरिएको हो ।

‘केहि दिन अघि वडा नम्वर ६ का जनप्रतिनिधी र महिलाहरुको समुहले उनलाई कालोमोसो दल्दै र माफी मगाउँदै मिलाउन खोजिएको रहेछ’– जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी  दिलिप घिमिरेले भने–‘ हामीले त्यो कुरा थाह पायौं र फलेवास प्रहरी चौकी मार्फत निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।’

डिएसपी घिमिरेले उिनी विरुद्ध अप्राकृतिक मैथुन सम्वन्धि मुद्धा  अदालतमा दायर समेत  गरी सकिएको जानकारी दिए ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.