यसकारण पायो यातायात सिन्डिकेटले ‘वैधानिकता’ !

 

१८ चैत, ०७४ मा सरकारले जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको ‘वैधानिकता’ मिलेको नयाँ तथ्य फेला परेको छ ।

निर्देशिकामा सार्वजनिक सवारी साधनको पञ्जीकरणसम्बन्धी गरिएको व्यवस्थामा ‘यो कार्यविधि निर्देशिका लागू भएपछि दर्ता हुने कुनै प्रकारका सार्वजनिक सवारी साधनको पञ्जीकरण नभई रुट इजाजत जारी गरिने छैन’ भन्ने उल्लेख छ । यसले निर्देशिका कार्यान्वयन हुनुअघि अर्थात् १८ चैतअघि रुट अनुमति लिने सवारी साधनलाई कम्पनीमा दर्ता हुन अनिवार्य गरेको छैन ।

यही नीतिगत त्रुटिलाई आधार बनाएर देशभरका ३ लाख ५० हजार सार्वजनिक सवारी साधन अझै पञ्जीकरणमा आएका छैनन् । तर, रुट अनुमति लिएर ‘वैधानिक’ रूपमा यातायात सञ्चालन गरिरहेका छन् । निर्देशिकाले बाटो इजाजतपत्रका सम्बन्धमा दुईवटा मात्र व्यवस्था गरेको छ । पहिलो नयाँ सवारी साधनको रुट अनुमतिका लागि र दोस्रो रुट अनुमति हेरफेर (परिवर्तन) गर्नका लागि मात्र फर्म, कम्पनी र सहकारीमा गएर दर्ता हुनुपर्नेछ ।

तर, निर्देशिका जारी हुनुभन्दा पहिले रुट अनुमति पाइसकेका सवारी साधनको विषयमा भने निर्देशिका मौन छ । यही कानुनी छिद्रलाई सिन्डिकेटधारी व्यवसायीले आफ्ना सवारी साधन कम्पनीमा दर्ता नगरे पनि रुट परमिट लिइसकेका कारण आफ्ना सवारी सञ्चालन गर्न कानुनी रूपमा वैध भइरहेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.