मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवनको कालिका नगरपालिका वडा नं ५ स्थित खगेरी पुल नजिकै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। भरतपुरबाट पदमपुरतर्फ जाने भित्रीसडकखण्डमा ना ४२ प ७५९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३५प ६४७३ स्कुटर एकआपसमा ठक्कर खादा सो दुर्घटना हुनपुगेकाे हाे ।

दुर्घटनामा परी ना ४२ प ७५९० नम्बरको मोटरसाइकल पछाडि बस्ने बारा कलैया नगरपालिका–५ का २२ वर्षीय सोनु गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उपचारका क्रममा साँझ ७ बजेर पाँच मिनेटको समयमा चितवन कलेज अफ मेडिकल साइन्समा मृत्यु भएको जनाईएकाे छ । उक्त मोटरसाइकलका चालक भरतपुर–३ का २३ वर्षीय अमितकुमार गुप्ताको सोही कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा स्कुटी चालक भरतपुर– १५ की २५ वर्षीया नीलम गुरुङ र पछाडि बस्ने उनकी छोरी नौ वर्षीया प्रसन्ना गुरुङ घाइतेसमेत भएका छन् । उनीहरुको भने भरतपुर अस्पतालमा उपचार भैईरहेकाे प्रहरीले बताएका छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.