मेलम्चीको पानी : अबको ‘दसैं–उपहार’ बन्न पनि ‘असम्भव’ !

 

मुख्य संरचनाअन्तर्गत सुरुङमार्गको फाइनल फिनिसिङ (ढलान) को कामलाई ठेकेदारले एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्चीको पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना अझै पर धकेलिने सम्भावना बढेर गएको छ ।

गएको चैत अन्तिम साता मुहानस्थल आम्बाथान–सुन्दरीजल २६ किलोमिटर लामो सुरुङमार्ग ‘ब्रेक–थ्रु’ भए (छेडिए) पछि उत्साही सरकारले आगामी ‘दसैंको उपहार’ का रुपमा मेलम्चीको पानी खुवाउने बाचा गरेको थियो ।

तर, तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एकतिहाइ पनि नसकिएपछि मेलम्चीको ‘भाखा’ फेरि सर्ने देखिएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.