मुख चुच्चु पार्दै आइन गायिका एलिना(भिडियो)

आजभोलि जो कोहि मानिस पनि चर्चामा आउन मरिहत्ते गर्छन । चाहे त्यो जुनसुकै क्षेत्रमा होस् । सानो काम गर्ने अनि चर्चा कमाउने सबैको चाहाना हुन्छ । तर, त्यसको अपवाद बनेकीछिन काभ्रेपलान्चोककी एलिना खनाल ।

प्रायजसो मिडियाको नजरमा पर्न नरुचाउने गायिका खनाल यतिबेला भने चर्चित गायीकाको सूचिमा पर्न सफल भएकी छिन । कारण उनले गाएको तीजको गीत ‘मुख चुच्चो पार माया’ रहेको छ ।

यो भन्दा अगाडि पनि गायिका खनालले झन्डै २ दर्जन बढी लोक तथा तीज गितहरु गाइसके पनि सफल गायिकाको रुपमा भने यसै गीतले चिनाएको छ ।

नयाँ आधुनिक युगका युवायुवतीहरुलाइ लक्षित गर्द समय सापेक्ष रुपमा बनाइएको यो गीत चर्चित हुनाको कारण शब्द , स्वर र संगीत सबैको तादाम्यता हो भन्छिन गायिका खनाल ।

राम्चे ,४ काभ्रेपलान्चोकको एक मध्यम बर्गिय परिवारमा जन्मिएर काभ्रेपलान्चोकमै बाल्यकाल बिताएकी गायिका खनालले केही गीतहरुमा आफैले मोडलिङ समेत गरेकी छन् । गायिका खनालले गाएको पछिल्लो गीत मुख चुच्चो पार मायाले यसपालिको तीजमा धमका मच्चाउने निश्चित छ । कारण तीज आउनुभन्दा अगाबै यो गीत आम दर्शकको रोजाइ बनेको छ

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.