मानव अधिकारको अवस्था दिन प्रतिदिन खस्किंदै गएकोमा पोखरेली जनता चिन्तित, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सडकमा उत्रन आव्हान

मुलुकमा मानव अधिकारको अवस्था दिन प्रतिदिन खस्किंदै गएकोमा र नेपालि जनताको बोल्ने र लेख्ने अधिकार खोसिन्दै गएकोमा पोखरामा रहेका मानव अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी र राजनीतिकर्मीहरुले गहिरो चिन्ता प्रकट गरेका छन् l क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा आज पोखरामा भएको मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले देशको यस्तो परिस्थितिप्रति चिन्ता प्रकट गरेका हुन् l

रातो खबर पत्रिकाका निर्देशक गुणराज लोहनीले अहिलेको राज्यसत्ता पुजीवादी व्यवस्था प्रणाली भएकै कारण देशमा भ्रष्टाचार, हत्या, हिंसा दिनप्रतिदिन बढ्दै गएको टिप्पणी गर्दै छाडा हुने पुजीवादी राज्यसत्ताकाकारण पछिल्लो समय बालिकाहरु समेत बलात्कृत हुने क्रम बढेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका लोहनीले अर्को प्रसंगमा उहाँले अहिलेका ठुला संचारमाध्यमहरुमा ठुला तथा बिदेशी लगानीको हाबी भएकाले त्यस्ता संचार माध्यममा उत्पीडित वर्गको आवाजहरु आउन नसकेको स्पस्ट पारे l कार्यक्रममा उनले अघि भने, “‘माओले भने झैं लुटेराहरुको राज्य साम्राज्यवादको भुमण्डलीकरण मिडिया क्षेत्रमा पनि प्रवेश गरेकाले मानवअधिकारलाई सिमिततामा संकुचित गर्न खोजिएको छ, सानासाना नानीहरु बाच्न पाउने अधिकार, बोल्न लेख्न पाउने अधिकार दिनप्रतिदिन खोसिदै गएका छन्, अझ शान्तिपूर्ण आवाजहरु बुलन्द गर्न पाएका छैनन् l”  नेपाल कम्युनिष्ट पार्टीका नेता लोहनीले भन्नुभयो यस्तो अवस्था धेरै दिन कैद गरिए जनताले विद्रोह गर्नुको विकल्प छैन ।’

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलि ब्यूरो सदस्य श्रीनाथ अधिकारीले माफिया र गिरोहहरुले राज्य सञ्चालन गरिरहेको अवस्थामा वर्गीय पक्षधरता हुने भन्दै एक थरिलाई मात्र स्वतन्त्रता आएको बताए  । केपी ओली र आफुहरुले भनेको मानब अधिकारमा भिन्नता रहेको तथ्य प्रस्तुत गर्दै उनले आफुहरुले भनेको मानव अधिकार मानवअधिकार उत्पीडित र श्रमजीवि वर्गहरु आवाज भएको दाबी गरे l उत्पीडित तथा सर्वहारावर्गको आवाजलाई बुलन्द गर्दै, रास्त्रियता, जनतन्त्र र जनजीविकाको वकालत गरिरहेको विप्लब नेतृत्वको नेकपालाई देशी तथा बिदेशी शक्तिहरुको इशारामा स्वदेशी दलालहरुले नेकपाका नेता ताता कार्यकर्ताहरुलाई भूमिगत हुन राज्यले बाध्य पारेको आक्षेप लगाए  ।

उच्च अदालत बार एशोसियसनका अध्यक्ष रोहित बास्तोला. कास्की जिल्ला बार एसोसिएसनका अध्यक्ष मुक्ति सापकोटा लगायतका कानुन ब्यबसायीहरुले  २०४६ सालको परिवर्तनपछि पनि अहिलेसम्म मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा खासै सुधार हुन नसकेकोमा चिन्ता प्रकट गरे ।

नेपाल पत्रकार महासंघका ४ नं. प्रदेशका सचिव रुद्र श्रीस मगर, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला लगायतका संचारकर्मीहरुले वास्तवमा नेपाली संचार माध्यमहरु आवाज विहिनहरुको आवाज हुन नसकेको स्वीकार गर्दै त्यसमा पनि लेख्न पाउने, बोल्न पाउने अधिकारलाई राज्यले खोसेको देख्दा मुलुक झन् संक्रमणकालमा अलमलिरहेको तथ्य उजागर गरे l उनीहरुले सरकारले ल्याएको देवानी तथा फौजदारी ऐनमा आपत्ति जनाउदै खारेजीको माग समेत गरे ।

रास्ट्रीय मानव अधिकार आयोग पोखराका प्रतिनिधि सन्तोष बराल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराका संयोजक शिव खकुरेल नागरिक समाजको संजालका विष्णु बरालले मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति जिम्मेवार हुनुपर्ने राजय्पक्ष यसतर्फा उदासीन हुँदै गएकोमा गहिरो दुख प्रकट गरे l  उनीहरुले मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि नेपाली जनता सडकमा उत्रन पर्ने बेला आएको बताउंदै नेपाली जनतालाई मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सडकमा उत्रन आव्हान गरे l उनीहरुले यस्तो अवस्थामा आन्दोलनलाई अघि बढाउनु बाहेक अरु बिकल्प नरहेको बताए  ।’

क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित अतिथि एबम सहभागीहरुलाई केंद्रिय सदस्य ओम हमालले स्वागत गरेका थिए भने कार्यक्रम संचालन महासचिब हिम विस्टले गरेका थिए l

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.