मंगल ग्रहमा ताल भेटियो

अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा पानीको अस्तित्व फेला पारेका छन् । मंगलमा भेटिएको पानी दक्षिणी ध्रुवीय निकै चिसो क्षेत्रमा एउटा तालको रूपमा छ जुन २० किलोमिटर क्षेत्रमा फैलिएको छ ।

 प्रारम्भिक अनुसन्धानमा मंगल ग्रहको धरातलमा पानीको सम्भावना देखिएको थियो । तर, यसपटक प्रमाण नै फेला पारिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । नासास्थित क्यूरियोसिटी रोवरले जुन ताल पत्ता लगाएको थियो, त्यसले के पुष्टि गरेको छ भने विगतमा मंगल ग्रहको सतहमा पानी थियो । यद्यपि, क्षीण वायुमन्डलका कारण मंगल ग्रहको जलवायु निकै चिसो भएको छ । परिणामस्व?प त्यहाँ पानी जमेर बर्फ बनेको छ ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.