भूमिगत नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको फोटो सार्वजनिक

पछिल्लो समय भूमिगत रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको एउटा फोटो सार्वजनिक भएको छ ।

फोटोमा उनी जगंलमा रहेको जस्तो देखाइएको छ । जहाँ विप्लव सँग उनका केहि सहयोगि रहेको तस्वीरमा देख्न सकिन्छ । माओवादीद्धन्द्धकालमा जस्तै प्रचण्ड बाबुराम भुमिगत छँदा जुन अवस्था देखिन्थे तस्वीरमा त्यस्तै देखिन्छ । आफुलाई चाहिने आवश्यक सामग्री उनले साथमै बोकेर हिँडेका छन् ।

सरकारले वार्ता गर्नको लागि भनेर गिरफ्तार परेका नेताकार्यकर्तालाई रिहा गर्ने नीति लिएपछि विप्लवको पछिल्लो फोटो सार्वजनिक भएको हो । राज्य अलि खुकुलो भएपछि विप्लव पनि विस्तारै सार्वजनिक कार्यक्रममा देखिने अपेक्षा गरिएको छ

भोजपुर जिल्ला अदालतले वारेन्ट जारी गरेपछि भूमिगत रहेका विप्लव पछिल्लो एउटा फोटोमा देखिएका हुन्। उनको खोजिको लागि पछिल्लो समय प्रहरीले सक्रियता बढाएको थियो । तर फेला पार्न सकेको छैन्।

केही समय अघि विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्क प्रसाद विश्वकर्मा पक्राउ परेका थिए । वार्ताकै लागि उक्त पार्टीमाथि सरकार लचिलो देखिएको हो। भूमिगत अवस्थामै रहेका विप्लवको फोटो मात्रै सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दुई दिन अघि मात्र एउटा टेलिभिजनसँगको अन्र्तवार्तामा विप्लव नेतृत्वको नेकपाका पोलिटव्यरो सदस्य ओम प्रकाश पुनले विप्लव जनताकै बीचमा रहेको बताएका थिए ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.