भारतपछि प्रचण्ड चीन प्रस्थान यस्तो छ भित्रि खास कारण !

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन प्रस्थान गरेका छन्।चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा दाहाल चीन गएका हुन् । चीन जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आफू चीन जान लाग्नुको बाहिरी कारण बताए ।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुई देशबीच भएका समझदारी कायम गर्ने वातावरण बनाउनु नै आफ्नो भ्रमणको उद्देश्य रहेको बताए। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ हो,उनले भने । यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उहाँले जानकारी दिए ।

पार्टी एकतापछि पहिलोपटक चीन जान लागेका अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सिक रहेका छन्। यसअघि नै नेकपाका प्रवक्त नारायणकाजी श्रेष्ठ नेतृत्वको टोली चीन गइसकेको छ।
अध्यक्ष प्रचण्ड असोज ३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

केही दिन पहिले भारत भ्रमणमा गएका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धमा विविध पाटाका बारेमा छलफल गरेका थिए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.