बृहत जनसहभागिताका साथ गाउस्तरिय भलिबल तथा सास्कृतिक कार्यक्रम सम्पन्न !

“रास्ट्रका लागि खेलकुद, युवाका लागि खेलकुद” भन्ने मुल नाराका साथ यहि भदौ २३ देखि २७ सम्म दरौ युवा परिवारको आयोजनामा स्याङ्जा, अर्जुनचौपारी गाउपालिका वार्ड ६ दरौको खेलमैदानमा संचालन भएको बृहत् गाउस्तरिय भलिबल तथा सास्कृतिक कार्यक्रम भब्य, सभ्य तथा बृहत जनसहभागिताका साथ सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष बिजय गुरुङको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य संघ स्याङ्जाको अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उद्घाटन समारोह भदौ २३ को कार्यक्रममा विशिष्ट अथितिका रुपमा अर्जुनचौपारी गाउँपालिका -६, दरौका वार्ड अध्यक्ष तेजबहादुर रोका, वार्ड सदस्यद्वय सन्जिब गुरुङ र कुमारिदेबी रोका, दरौ-पोखरा सम्पर्क समाजका सचिब रमेश रोकाहा, समाजसेवी हवल्दार मन बहादुर गुरुङ, बिरबहादुर जिटि, प्रहरी सहायक निरीक्षक नरेन्द्र कुमार पाटा मगर रहनुभएको थियो भने कार्यक्रम संचालन बिपि चिन्तन प्रतिस्ठानका दुर्गा बहादुर रोकाहाले गर्नुभएको थियो। पहिलो दिन भदौ २३ गते सिद्धार्थ युवा परिवारका विरुद्ध बजारमारा युवा क्लबका बिच भएको उड्घाटन खेलमा बजारमारा युवा क्लब बिजयी भएको थियो । भदौ २४ र २५ गते पहिलो चरणका खेलहरु भएका थिए भने भदौ २६ गते दोश्रो चरणका खेल र अन्तिम दिन सेमिफाइनल र फाइनल खेल भएका थिए भने हरेक दिन एकल नृत्यका कार्यक्रमहरु समेत नियमित भएका थिए।

भदौ २७ गते समापन समारोहमा प्रमुख अतिथीमा अर्जुनचौपारी गाउपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल, विशिष्ट अतिथिमा वार्ड अध्यक्ष तेजबहादुर रोका, समाजसेवी सत्य गुरुङ, समासेवी मन बहादुर गुरुङ, समाजसेवी सुबेदार एकनारायण अर्याल, दरौ माबी स्कुल अभिभाबक संघका अध्यक्ष मन बहादुर जिटि, दुर्गा बहादुर रोकाहा, अर्जुनचौपारी शिक्षा साखाका श्रोतब्याक्ति भुमिलाल तिवारी, दरौखोला युवा परिवारका सचिब घनश्याम अर्याल, अर्जुनचौपारी गाउपालिका तरुण सदस्य नरेश रोकाहा, आर्थिक सहयोग दाताको तर्फबाट हुमा जिटि र झुपी गुरुङ्ग, दरौ आमा समुहका प्रतिनिधि रेखा गुरुङ्ग लगायत रहनुभएको थियो ।

लालिगुरास युवा क्लब, माझपाटा, कर्मशिल युवा परिवार, भिरकोट, नव युवा परिवार शिरुबारी (A, 😎, राङ्गखोला युवा परिवार, सृजनशिल युवा परिवार,केवरे, सिद्धबाबा युवा परिवार, लामडाडा, दरौखोला युवा परिवार, न्यु स्टार युवा परिवार, रापाकोट, सिद्धार्थ युवा परिवार, हिले, नवदिप युवा क्लब, खेवाङ्ग, चक्रदेबी युवा परिवार, चिलाउनेखर्क, रिट्ठाझाक्री युवा क्लब, सिमलचौर, जनभावना युवा परिवार, कुन्चेबारी र आयोजक टिम लगायत जम्मा १८ टिमको सहभागिता रहेको थियो ।

फाइनल खेलमा कार्यक्रम आयोजक टिम दरौ युवा परिवार टिम A प्रथम, नव युवा परिवार टिम A, शिरुबारि द्वितीय, बजारमारा युवा क्लब, दरौ तृतीय तथा जनभावना युवा क्लब, कुन्चेबारि सान्त्वना भएको थियो । समापन समारोहका प्रमुख अतिथि दिर्घनारायण अर्याल, क्लब अध्यक्ष बिजय गुरुङ लगायत विशिष्ट अतिथिहरुद्वारा बिजयी टिमहरुलाइ पुरस्कार राशिबापत प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाइ क्रमशः नगद ४५,५५५/-, ३०,५५५/-, १५,५५५/- र ५,५५५/- मेडल, ट्रफी तथा प्रमाणपत्र बितरण गरिएको थियो । विभिन्न बिधामा नगदसहित पुरस्कृत हुने खेलाडिहरुमा उत्कृष्ट खेलाडी, रामचन्द्र बिक, दरौ युवा परिवार, अनुशासित खेलाडिमा राजु नेपाली, रिट्ठाझाक्री युवा क्लब, सिमलचौर, उत्कृष्ट डिफेन्डरमा सुबाश परियार, बजारमारा युवा परिवार, उत्कृष्ट ब्लकरमा अर्जुन परियार, नव युवा परिवार, शिरुबारी र उत्कृष्ट स्पाइकरमा सुदिप बिक, बजारमारा युवा परिवार रहनुभएको थियो ।

रमेश रोकाहाको सन्चालन रहेको कार्यक्रमलाइ क्लबका अध्यक्ष बिजय गुरुङले कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्ण महानुभाबहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक रुपमा समापन गर्नुभएको थियो ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.