बाल बाल वचे महासचिब विप्लब र नेकपाका नेताहरु ! घेराबन्दी भन्नु झुट : प्रबक्ता प्रकाण्ड

महासचिब विप्लब र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहारु गिरफ्तार हुनबाट बाल बाल बचेका छन् l प्युठान र अर्घाखाँचीको सीमामा पर्ने घना जंगलमा नेकपाको बैठक चलिरहेका बेला प्युठान सदरमुकामबाट गएको ठुलो संख्याको प्रहरी टोली कार्यक्रमस्थल पुग्नु अगावै नेकपाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रमस्थल  छाडीसकेकाले उनीहरु गिरफ्तार हुनबाट बाल बाल बचेका हुन् l

समाचार स्रोतका अनुसार, त्यस जंगलमा केन्द्रीय समितिको बैठक चलिरहेको थियो l मंगलबार राती सरकारी सिआइडीहरु कार्यक्रमस्थल आइपुगेको खबर बैठकस्थलमा पुगेको थियो l सो खबरपछी केन्द्रीय नेताहरुबीच अब के गर्ने भन्ने बारेमा केहीबेर छलफल चलेको बताइएको छ l

छलफलका क्रममा भिडन्तमा नै जानेकी भन्ने राय पनि आएको थियो l तर महासचिब विप्लब लगायतका नेताहरु त्यही कार्यक्रमस्थलमा रहेको र नेतृत्वको सुरक्षाको प्रश्न प्रमुख भन्ने ठहर भएपछी महासचिब विप्लब लगायतका नेता तथा कार्यकर्ताहरुले राती ३ बजे नै कार्यक्रम समापन गरेर कार्यक्रमस्थल छाडेका थिए l

महासचिब विप्लब लगायतका नेता तथा कार्यकर्ताहरुले कार्यक्रमस्थल छाडेको दुइ घण्टापछी प्युठान सदरमुकामबाट गएको ठुलो संख्याको प्रहरी त्यहाँ पुगेको थियो l त्यहाँ पुगे लगत्तै प्रहरीहरु जन्गलभारी नै छरिएर महासचिब विप्लब र नेकपाका नेता तथा कार्यकर्ताहरुलाई खोजी गरेका थिए l तर प्रहरीले नेकपाका नेता तथा कार्यकर्ताहरुको कुनै सुइँको पाएन l

आफु आउनु दुई घण्टा अघि नै नेकपाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रमस्थल छाडेको सुचना पाएको प्रहरीले सदरमुकामबाट थप सुरक्षा ब्यबस्था माग गरेको थियो भने नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको मोबाइल नम्बरको लोकेशन हेर्न मोबाइल ट्रेस गरिरहेको थियो l

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको मोबाइल मोबाइल ट्रेस गरिरहेको सुरक्षाकर्मीहरुको ठुलो संख्या अहिले पनि सोही जंगलमा परिचालित भैरहेको प्राप्त समाचारमा जनाइएको छ l

त्यसो त त्यस जंगल क्षेत्रमा प्रहरीले ब्यापक मात्रामा सर्च गर्दैछ भनेर नेकपाले केही महीना अघि नै सुचना पाएको थियो l तर प्रहरीले त्यस क्षेत्रमा हस्तक्षेप् गर्न नसक्ने आंकलन नेकपाका नेताहरुले गरेको बुझिएको छ l

यही समाचारलाई केही संचार माध्यमहरुले “महासचीब विप्लब र त्यस पार्टीका नेता तथा कार्यकर्ताहरु प्युठान र अर्घाखाँचीको जंगलमा घेराबन्दीमा ” भनेर्  प्रचार गरेका थिए l

यसबीच, नेपाल कम्युनिस्ट पार्टीले आफनो पार्टीका नेताहरुको टोली र प्रहरीबीच मुडभेट भएको तथा नेताहरु प्रहरीको घेरामा रहेको भन्ने समाचार झुटो भएको स्पस्ट पारेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार बेलुका ई–रातो खबर अनलाईनलाई उपलब्ध गराएको एक नोटीस मार्फत आम जनसमुदायलाई यो झुटो भ्रममा नपर्न आग्रह समेत गरेका छन् । उनले राज्य आतंक मच्चाउने र झुटटा मुद्दा लगाएर देशलाई युद्धमा धकेल्ने षड्यन्त्र अन्र्तगत यस्तो प्रचारबाजी गरिएको बताएका छन् । बुधबार दिउँसो केही अनलाईन सञ्चारमाध्यमले विप्लव उच्च तहका नेताहरु अर्घाखाचीको जंगलमा रहेको र उनीहरु प्रहरीको घेरामा परेको भन्ने समाचार लेखेका थिए ।

सो पार्टीको गत छैटौ केन्द्रीय समितिको बैठकको योजना अनुसर अहिले पनि देशैभरी जनजागरण अभियान चलिरहेको छ र अभियान अन्तर्गत पार्टी, जनता र जनवर्गीय संगठहरुसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु भइरहका छन् । अभियानको क्रममा देशैभरीबाट तत्कालिन माओवादी केन्द्र र अन्य विभिन्न पार्टीबाट सयौंको सख्यामा नेता कार्यकर्ता आफनो पार्टीमा प्रवेश गरेको पनि सो पार्टीले जनाएको छ । आफनो पार्टीको राजनैतिक प्रभावबाट अत्तालिएर सरकारले दमन र हस्तक्षेप गरेको पनि सो पार्टीका प्रबक्ता प्रकाण्डको भनाई छ । प्रकाण्डले आफनो पार्टीको पक्षमा उत्साहपूर्ण वातावरण निर्माण भइरहेको, दलाल सत्ताको जनविरोधी एवं राष्ट्रघाती चरित्र एकपछि अर्को गरी नाङगीएको र त्यो दलाल पुँजीवादी चरित्र सावीत भएको पनि बताएका छन् ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.