बामदेवले गरे चुनाव नलडने घोषणा : रामबीरको सांसद पद जोगियो

(नेकपा) का नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलडने घोषणा गर्नुभएको छ । काठमाडौं ७ का सांसद रामबीर मानन्धरले बामदेवका लागि ठाउँ खाली गर्न राजीनामादिने घोषणा गर्नुभएको तेस्रो दिन उहाँले आफू चुनाव नलडने भन्दै सो क्षेत्रका पूर्वएमाले नेताहरुलाई जनाउ दिनुभएको हो ।

गौतमले सो क्षेत्रका साँसद समेत रहेका नेकपाका नेता बशन्त मानन्धरलाई आफू व्याक भएको घोषणा गर्नुभएको हो । नेकपाका काठमाडौँ जिल्लाका समानुपातिक र प्रत्यक्षमा निर्वाचित भएका प्रदेश सांसदको भेलामा समेत चुनाव जिताउन नसिकने भन्दै यतो निर्णय नगर्न नेतृत्वलाई सुझाउने निर्णय भएलगत्ते गौतमले सांसद मानन्धरलाई फोन गरेर आफू व्याक भएको जानकारी दिनुभएको थियो ।

‘बामदेव कमरेडले आफूब्याक भएको र रामबीरलाई सम्झाउने भन्नुभएको छ, यो फोन उहाँकै हो,’ भेलाकै बीचमा मानन्धरको भनाई उधृत गर्दै एक सांसदले भने । नेता गौतमले आफ्ना लागि राजीनामा दिन तयार रामवीर मानन्धरलाई सम्झाउन समेत टेलिफोनमै सो क्षेत्रका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

सांसद भेला चलिरहेकै बेला गौतमको फोन गएको हो । भेलामा रामवीरको राजिनामा र वामदेवको हुने भनिएको उम्मेदवारीको विषयमा छलफल भएको थियो । जस्को निश्कर्ष पार्टी हेडक्वाटरले संस्थागत रुपमा निर्णय नगरेकाले तत्कालका लागि केही व्यक्तिको इच्छामा उपचुनाव हुन नसक्ने र जवर्जस्ती गरिए त्यो आत्मघाती हुने भनेर नेतृत्वको ध्यानाकर्षण गराउने थियो ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.