बाँचुन्जेल रेखदेख नगरेको भन्दै दागबत्ती दिन पुगेका छोरा घाटबाट लखेटिए

आफ्नी आमालाई दागबत्ती दिन घाटमा पुगेका झापा सदरमुकामस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका शिक्षक चुडामणि चिमोरियालाई उनकै आफन्त र मलामीले लखेटेका छन् l बाँचुन्जेल रेखदेख नगरेकाले मरेपछि दागबत्ती दिने कुनै अधिकार नभएको भन्दै चिमोरियालाई उनकै आफन्त र मलामीले लखेटेका हुन् l

शिक्षक चुडामणि चिमोरिया झापाको कन्काइमाई नदीको किनारमा दाहसंस्कार गर्न लगिएकी बुद्धशान्ति गाउँपालिका जयपुरकी आमा अम्विका चिमोरियालाई दागबत्ती दिन उनी त्यहाँ पुगेका थिए । चुडामणि रुँदै आमाको शवतर्फ जाँदै थिए दागबत्ती दिन । तर, दागबत्ती दिनुअगावै उनीमाथि हातपात भयो ।

एक्ला छोरा उनले दागबत्ती दिन पाउने आफ्नो अधिकार भएको दाबी गर्दै केहीबेर प्रतिवाद गरे । तर नसकेपछि उनी आफै ज्यान जोगाउन त्यहाँबाट कुलेलम ठोके ।

छोरा चुडामणिलाई दागबत्ती दिनुअगावै कुटपिट गर्ने अरु कोही होइनन्, उनकै आफन्त र मालामी हुन् ।

बाँचुन्जेल रेखदेख नगरेकाले मरेपछि दागबत्ती दिने कुनै अधिकार नभएको भन्दै उनकी सहोदर बहिनी र मामाका छोराले मलामीको सहयोगमा चुडामणिलाई घाटबाटै लखेटेका हुन् ।

झापा सदरमुकामस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका शिक्षक चुडामणिले आमालाई दागबत्ती दिनबाट समेत रोकेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् ।

घाटबाट भागेका उनी प्रहरीको सहयोगमा १५ किलोमिटर टाढा रहेको देवनियाँ खोलामा पुगेर कपाल खौरिएर सेतो कपडा लगाइ आफ्नै घर भद्रपुर नगरपालिका चैतुमन्दिरमा किरिया बारेर बसेका छन् । उता छोरी ज्वाईंले समेत आफ्नै घरमा किरिया बारेर बसिरहेका छन् ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.