बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत अवस्थामा फेला

बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । पूर्व–पश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने चिसापानी पोष्ट नजिक बुधबार दिउँसो पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए ।

निकुञ्जभित्र राजमार्ग किनारमा गन्द आएपछि खोजी गर्दै जाँदा राजमार्गदेखि झण्डै ७ सय मिटरभित्र अन्दाजी १७ वर्षको भाले पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताए ।

पोष्टमार्टम गरी हेर्दा बाघ पूर्ण रुपमा सडिसकेकाले बुढो भएर कालगतिले एकहप्ता अघि मरेको हुन सक्ने बताइएको छ । हालै सार्वजनिक गरिएको बाघको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ रहेको तथ्याङ्क छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.