बनारसमा नेपाली महिला बन्धक बनाउने ५ जना भारतीय पक्राउ

भारतको बनारसमा नेपाली महिला बन्धक बनाउने ५ जना भारतीय पक्राउ परेका छन् । बनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले बनारसस्थित नटकनिया दाइका जयसिंहको घरमा छापा मार्ने क्रममा दुई महिला र तीन पुरुष सहित पॉच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले छापा मार्ने सूचना पाएपछि जयसिंहको घरमा राखिएका नेपाली महिलालाई भने दलालले दिल्ली पुर्‍याएको एसएसपी कुलकर्णीले बताउनुभयो

। सो घरमा १ सय ५० महिला रहेको भनिएपनि घरका मालिकले भने ८० जना मात्र नेपाली महिला रहेको प्रहरीलाई बयान दिएका थिए । सो स्थानबाट प्रहरीले ल्यापटप र मोबाइल लगायतका सामान बरामत गरेको छ ।

प्रहरीले अन्यत्र पठाइएका नेपाली महिलाको खोजीकार्य जारी राखेको बताएको बर्दियाबाट सहकर्मी कमल पन्थीले जनाएका छन् ।  करीब सय जना सुरक्षाकर्मीले राति एघार बजे देखि बिहान २ बजे सम्म खोजतलास गरेको थियो । प्रहरीले केही महत्वपुर्ण सूचना पाएका कारण ती महिलाको उद्दारका लागि सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ ।

उनीहरुका् कारबाहीका लागि दबाब दिन भारतस्थित नेपाली दूतावास दिल्लीका काउन्सलर एसएसपी पुरुषोत्तम क‘डेल, बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्का, प्रशासकीय अधिकृत अर्जुन सुवेदी, मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसी र बन्धक बनाई घर फर्केकी मधुवन नपाका दम्पत्ती पुगेका थिए ।

स्थानीय अधिकारकर्मी राजिव सिंह सहितको टोलीले एसएसपी कुलकर्णीलाई नेपाली महिलाको उद्दारका लागि पहल गर्न आग्रह गरेका थिए । शिवपुरका प्रहरी निरीक्षक विजय कुमारले महिला अन्यत्र स्थान्तरण भएको सूचना पाइसकेकाले उनीहरुलाई छिट्टै पक्राउ गरिने बताउनुभयो ।

 

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.